समाचारबिहीबार, साउन २४, २०७०

पूरा गर्न सकिने माग राख्नुसः राजनीतिक समिति

हिमालखबर

फाइल तस्बीर

उच्चस्तरीय राजनीतिक समितिको कार्यालय नयाँबानेश्वरमा समिति र संघीय समाजवादी पार्टीबीच भएको वार्तामा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक समितिको खारेजी, ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश फिर्ता साथै निर्वाचनमा समानुपातिकतर्फ सिटसंख्या बढाइएमा आफ्नो दल निर्वाचनमा सहभागी हुने बताएका छन् ।

वार्तामा समितिका संयोजकसमेत रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबै माग पूरा गर्न नसकिने भन्दै ४ मंसीरमा हुने निर्वाचनमा प्रभाव नपर्ने गरी पूरा गर्न सकिने मागमात्र राख्न आग्रह गरेको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट सबै दलका माग सुनेर विस्तृतमा छलफल गरी समितिले निर्णय गर्ने बताए ।

समितिले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, उपेन्द्र यादव नेतृत्वको ८ दलीय मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले राखेका मागका बारेमा आज दिनभर आन्तरिक छलफल गरी २५ साउनमा निर्णयक वार्ता गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>