समाचारशुक्रबार, साउन २५, २०७०

‘निर्वाचन मिति प्रभावित हुने गरी कुनै सहमति नगर्ने’

हिमालखबर

२५ साउनमा एमाले नेता माधवकुमार नेपाल निवासमा भएको एमाओवादी र एमाले नेताहरुबीचको छलफलमा आन्दोलनरत दलहरुसँग हदैसम्म लचक भएर प्रस्तुत हुने तर, निर्वाचन मिति प्रभावित हुने गरी कुनै सहमति नगर्ने निष्कर्षमा पुगेका छन् ।

एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी तथा एमालेका तर्फबाट वरिष्ठ नेता नेपाल, नेता केपी ओली, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल सहभागी छलफलमा ११ बु“दे र २५ बु“दे सहमति विपरीत संझौता नगर्ने निर्णय गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहसँग कुरा गर्दै नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले असंतुष्ट दलहरु निर्वाचन प्रक्रियामा सहभागी हुने भए ११ र २५ बुँदे सहमतिलाई सामन्य परिमार्जन गर्न सकिने बताए ।

त्यसैगरी एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनको मिति सार्ने गरी  असंतुष्ट दलहरुसँग कुनै सम्झौता नहुने स्पष्ट पारे । उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि हदैसम्मको लचकता अपनाउने पनि बताए ।

——————————————————————————————————————————————————-

एमाले र एमाओवादी नेताहरुबीच भेटवार्ता

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ ।

हिमालखबर
शुक्रबार , २५ साउन २०७० १०:२१ एम

भेटवार्तामा एमाओवादी अध्यक्ष दाहालसँग नेता बाबुराम भट्टराई र पोष्टबहादुर बोगटी तथा एमाले नेता नेपालसँगै नेता केपी ओली, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल पनि सहभागी थिए ।

समसामयिक राजनीति र संविधान सभाको आगामी निर्वाचन बारे छलफल भएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>