थप समाचारशनिबार, साउन २६, २०७०
सिरहाको सारश्वरमा कर्फ्यु हट्यो
युवती जिस्काएको बिषयमा भएको विवाद बढदै जाँदा स्थिति नियन्त्रणभन्दा बाहिर पुगेपछि स्थानीय प्रशासनले २५ साउन दिउँसोदेखि सिरहाको सारश्वर गाविसमा लगाएको कर्फ्यु २६ साउन विहानदेखि हटाएको छ ।
२६ साउन बिहान ४ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
सिरहास्थित चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका धनुषाका बोलबमका दर्शनार्थीहरुलाई दुव्र्यबहार गरेको विषयलाई लिएर भएको तनाव बढदै जाँदा हिंसा र लुटपाटको रुप लिएको थियो ।
विवादपछि तोडफोडमा उत्रिएका २५ जनालाई अनुसन्धानका लागि केही दिन हिरासत राखिने प्रहरीले जनाएको छ ।
———————————————————————————————————————
सिरहाको सारश्वरमा कर्फ्यु
सिरहाको सरश्वर गाविसमा दुईपक्ष बीच विहानैदेखि भएको भिडन्त नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले दिउँसो पौने तीन बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
हिमालखबर
शुक्रबार , २५ साउन २०७० ३:५० पम
सिरहास्थित चारश्वरनाथ महादेव मन्दिरमा जल चढाउन आएका बोलबम भक्तहरुलाई दुब्र्यवहार गरिएको निहुँमा दुई पक्षबीच झडप भएको थियो । २५ साउन दिउँसोसम्ममा उक्त झडपले लुटपाट र उग्र हिंसाको रुप लिन थालेपछि कर्फ्यु लगाइएको सिराहाका एसपी पूर्ण चन्द्र जोशीले जानकारी दिए ।
२५ साउन विहानैदेखि सिरहाका अन्य गाउँ र छिमेकी जिल्ला धनुषाबाट समेत दुवै पक्षका व्यक्तिहरु आएर एकआपसमा आक्रमण शुरु गरेपछि स्थिति नियन्त्रणभन्दा बाहिर पुगेको हो ।
घटनास्थल ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भए पनि आक्रमण विभिन्न गाउँहरुमा छरिएर भइरहेकोले नियन्त्रण गर्न नसकिएको प्रहरीको भनाई छ । अहिलेसम्म कुनै हताहतीको खबर नआएको प्रहरीले जनाएको छ ।
घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दुर्गानाथ गौतमको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

