थप समाचारशुक्रबार, साउन २५, २०७०

मतदाताको नाम संकलन गर्न समय थपिने

हिमालखबर

२५ साउनमा धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त रामभक्त पिबी ठाकुरले आगामी संविधान सभा निर्वाचनका लागि तस्बीरसहितको मतदाता नामावलीमा छुटेका मतदाताको नामावली सङ्कलनका लागि आयोगले आवश्यक काम गरिरहेको जानकारी दिएका छन् ।

आयुक्त ठाकुरले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले काम गरिरहेको भन्दै देशभर एकै चरणमा चुनाव हुने बताए । आगामी संविधानसभाको निर्वाचनका लागि आयोगले मतदाता नामावली सङ्कलन गर्ने अन्तिम म्याद गत असार मसान्तसम्म तोकेको थियो ।

तोकिएको अन्तिम म्यादसम्म पनि सबै मतदाता समेटिन नसकेको गुनासो बढेपछि आयोगले छुटेका मतदाताका लागि नामावली सङ्कलन गर्ने मनस्थिति बनाएको जनाएको छ ।

निर्वाचन आयोगको आयोजनामा २५ साउनदेशि कैलालीको धनगढीमा निर्वाचन र सञ्चार विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण पनि शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>