समाचारशनिबार, साउन २६, २०७०
फोरम गणतान्त्रिकका तीन नेताले पार्टी छोडे
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तीन जना नेताहरु सह अध्यक्ष वीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव अकवाल अहमदले पार्टी त्याग गरेका छन् ।
यादव, अग्रवाल र अहमदले शनिबार संयुक्त व्यक्तव्य जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरुले आफ्नो राजीनामा पार्टी अध्यक्ष राजकिशोर यादव समक्ष पठाएका छन् ।
तीनै जना नेताहरु तराई मधेश लोकतान्त्रिकमा प्रवेश गर्ने तयारी गरेका छन् । २७ साउनमा तराई मधेश लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ ।
यद्दपी यसरी दलबदल गर्ने नेताहरु आफैंले पछिल्लो पटक भनिए अनुसारको उचित स्थान र सम्मान नपाएको गुनासो गर्ने गरेका छन् ।

