समाचारशनिबार, साउन २६, २०७०

वैद्य गणतन्त्र विरोधीः एमाओवादी

हिमालखबर

पार्टी कार्यालय पेरिसडाँडामा २६ साउनमा आयोजित शनिबारे पत्रकार भेटघाट कार्यक्रममा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले नेकपा–माओवादीका पछिल्ला गतिविधि गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।

उनले नेकपा–माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालस“ग सहकार्य गर्ने जस्ता अभिव्यक्ति दिएर नेकपा–माओवादीले गणतन्त्र विरोधी छवी देखाएको आरोप लगाए ।

प्रवक्ता सापकोटाले नेकपा–माओवादीलाई चुनाव बहिस्कार गर्ने अधिकार भए पनि बिथोल्ने अधिकार नभएको जिकीर गरे ।

उनले निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुस“ग वार्ता गर्न एमाओवादी लचिलो भएको दाबी गर्दै एक हप्ताभित्र सहमति नभए विरोधमा रहेका दलहरुलाई छोडेरै भए पनि तोकिएकै समयमा निर्वाचन हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>