थप समाचारआइतबार, साउन २७, २०७०
जवरजस्ती चन्दा असुल्ने नेता पक्राउ
हेटौँडामा २७ साउनमा पत्रकार सम्मेलन गरी प्रहरीले नेपाल न्यायिक दलका केन्द्रीय कोषाध्यक्ष नवराज गौतमले दुई लाखदेखि १० लाख रुपैँयासम्म माग्ने गरेको नदिए भौतिक कार्वाही गर्ने धम्की दिने गरेको प्रहरीले वताएको छ ।
प्रहरीका अनुसार गौतमले विभिन्न नम्बरका मोबाइल फोनबाट २० बैशाखदेखि व्यबसायीलाई धम्क्याउँदै आएका थिए । उनको साथबाट प्रहरीले ‘नेपाल न्यायिक दल’ र ‘नेपाल पिपुल्स आर्मी’ को एक–एक थान लेटर प्याड, स्ट्याम्प, सहयोग रसिद दुई थान, मोबाईल तीन थान, सिम र पेनड्राईभ चार–चार थान बरामद गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।
हेटौँडाका २० जना उद्योगी, व्यबसायीलाई गौतमले रकम बुझाउन भन्दै पटक–पटक धम्की दिएको कल डिटेलबाट पत्ता लागेको प्रहरीको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले व्यबसायीबाट दश दिनअघि प्राप्त मौखिक उजुरीका आधारमा पक्राउ गर्न सफल भएको जानकारी दिए । उनका अनुसार गौतमलाई सार्वजनिक अपराध ऐन अनुसार तत्काल कार्बाही प्रकृया अघि बढाईने छ ।
गौतमलाई उनकै घर मकवानपुरको आमभञ्ज्याङ्ग–८ बाट २६ साउनमा पक्राउ गरिएको थियो ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
