थप समाचारआइतबार, साउन २७, २०७०

फेसबुकबाटै ७५ हजार सहयोग

हिमालखबर

फेसबुकमा अभियान सञ्चालन गरी संकलन गरिएको रकम अमिरलाई हस्तान्तरण गरिंदै ।

मकवानपुर पालुङका अपाङ्ग युवाका लागि स्थानीय तीन युवा सुरजकुमार भुजेल, यादवजंग रायमाझी र रामकुमार कार्कीले फेसबुककै माध्यमबाट ७५ हजार रुपियाँ संकलन गरी २६ साउनमा हस्तान्तरण गरेका छन् ।

पेशाले सुरज पत्रकार, यादव वैदेशिक रोजगारका क्रममा दुबईमा छन् भने रामकुमार फोटोग्राफर हुन् ।

सरकारले उपलब्ध गराउने अपाङ्गता भत्ताबाट समेत वञ्चित रहेका बेला करिब एक महिना अघि यी तीन जनाले अमिरका लागि सहयोग गर्न फेसबुकबाट आफ्ना साथीहरुलाई आह्वान गरेका थिए । अमिरको सहयोगका लागि ‘फरक सोच’ नामक फेसबुक एकाउण्ट नै बनाएर अभियान थालिएको थियो ।

हस्तान्तरित रकम स्थानीय गौतम बचत तथा ऋण सहकारी संस्थामा अक्षय कोष खडा गरी राखिएको छ । अपाङ्गता भएका व्यक्तिको अक्षयकोषको ब्याजमा लाग्ने कर सहकारीले नै बेहोर्ने अध्यक्ष राजेश केसीले बताए ।
सुरजकुमार भुजेल, पालुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>