समाचारआइतबार, साउन २७, २०७०
कांग्रेस–एमाले बैठकः सरकार र निर्वाचन मिति फेरिंदैन
२७ साउनमा एमाले नेता कृष्णलाल महर्जनको घरमा भएको छलफलमा नेकपा–माओवादी, मधेशी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी दलसँग निर्वाचन मिति प्रभावित हुने गरी कुनै सम्झौत नगर्ने कांग्रेस र एमालेले सहमति गरेका छन् ।
“असन्तुष्ट दलहरुका धारणा बुझ्ने र आफूहरुबीच साझा धारणा बनाउने क्रममा आज कांग्रेस र एमालेबीच छलफल भएको हो,” एमाले नेता रघु पन्तले हिमाल खबरलाई भने, “सरकार परिवर्तन र निर्वाचन मिति सार्ने बाहेकका मागहरुमा लचिलो भएर छलफल गर्न सकिन्छ भन्ने निष्कर्ष रह्यो ।”
छलफलमा नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला सहभागी थिए भने एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल र नेता रघुजी पन्त सहभागी थिए ।
असन्तुष्ट दलहरुलाई निर्वाचनमा प्रक्रियामा सहभागी गराउन साउन मसान्तसम्ममा निर्णय गरिसक्ने भन्दै दलहरुबीच बहुपक्षीय र दुई पक्षीय वार्ता तिव्र भएको छ ।
