समाचारआइतबार, साउन २७, २०७०

चुनाव मिति सर्दैनः रेग्मी

हिमालखबर

सामुदायिक रेडियो प्रसारक सङ्घको पाँचौं अधिवेशनको २७ साउनमा काठमाडौंमा उद्घाटन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान सभाको निर्वाचन अपरिहार्य भएको भन्दै निर्वाचनको मिति कुनै पनि बहानामा नसारिने बताएका छन् ।

अध्यक्ष रेग्मीले देशलाई सुहाउँदो संविधान जारी गरी गतिरोधलाई समाधान दिनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

उनले संविधानसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै त्यसका लागि राजनीतिक दल तथा जनताको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
संविधानसभा निर्वाचन प्रक्रियामा केही दलको पृथक धारणा रहेकाले तिनलाई सहमतिमा ल्याउन प्रमुख दलले वार्ता प्रक्रियालाई तीव्रता दिएको र सरकारले पनि अग्रसरता देखाएको उनको भनाइ थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>