समाचारआइतबार, साउन २७, २०७०
मातृका यादव मोर्चाबाट अलग्गिए
२७ साउनमा काठमाडौंमा पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेकपा माओवादीका नेता मातृका यादवले वैद्य नेतृत्वको नेकपा–माओवादी संयुक्त मोर्चाको अवधारणा र नीति विपरित एकल निर्णय गरी वार्तामा गएको भन्दै मोर्चाबाट अलग हुने निर्णय गरेको जानकारी दिएका छन् ।
“आजका मितिदेखि हामी मोर्चामा पनि छैनौं र नेकपा–माओवादीसँग पार्टी एकताको छलफल पनि गर्दैनौं,” यादवले भने ।
४ मंसीरको निर्वाचनले देशलाई निकास दिनुभन्दा पनि झन द्वन्द्व र भिडन्ततिर लैजाने दावी गर्दै यादवले त्यसको विरुद्धमा बहिष्कार आन्दोलनमा जुट्ने पनि बताएका छन् ।
