थप समाचारआइतबार, साउन २७, २०७०

भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न ढिलाई

हिमालखबर

प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको संयोजकत्वमा २७ साउनमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले आगामी तीन दिनसम्म जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय गरेको छ ।

कुखुरापालन व्यवसायी सङ्घका पदाधिकारीहरू समेत सहभागी बैठकले तीन दिनसम्म भक्तपुरलाई उच्च जोखिममा राखेर नियाल्ने तर, सङ्कटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दवाडीले बताए ।

त्यसैगरी, बैठकले तीन दिनसम्म भक्तपुरका कुखुरा फार्ममा बर्डप्mलु र्‍यापिड टेस्ट हुने भएको छ । टेष्टका क्रममा विगतकै तुलानामा बर्डफ्लु भेटिए तीन दिनपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर सबै कुखुरा र पंक्षीजन्य पदार्थ नष्ट गरिने निर्णय गरिएको प्रजिअ दवाडीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>