समाचारआइतबार, साउन २७, २०७०

कसैले भन्दैमा निर्वाचन विथोलिंदैनः कोइराला

हिमालखबर

नेपाल महिला संघको ६६ औं स्थापना दिवसका अवसरमा २७ साउनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले निर्वाचनको विपक्षमा गएर कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् । “कसैले बिथोल्छु भन्दैमा निर्वाचन बिथोलिंदैन, निर्धारित मितिमै निर्वाचन सम्पन्न हुन्छ,” कोइरालाले भने ।

उनले निर्वाचनका विपक्षमा देखिएका नेकपा–माओवादीसहित अन्य दलहरुका जायज माग पूरा गरिने तर निर्वाचन मितिलाई प्रभाव पार्ने मागहरु सम्बोधन नहुने बताए । “लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुन्छ, लोकतन्त्रमा विश्वास गर्नेहरु निर्वाचनमा जान किन आनाकानी गरिराखेका छन्, मैले बुझ्न सकिरहेको छैन” सभापति कोइरालाले भने ।

कोइरालाले आगामी निर्वाचनमा महिला सिट सङ्ख्या वृद्धि गर्ने जानकारी दिँदै निर्वाचनमा पार्टीलाई अग्र स्थान दिलाउन आजैदेखि जुट्न कार्यकर्तालाई निर्देशनसमेत दिनएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>