थप समाचारसोमबार, साउन २८, २०७०

काभ्रेमा वर्डफ्लु, ३२ हजार कुखुरा नष्ट

हिमालखबर

फाइल तस्बीर

यसअघि वर्डफ्लु नदेखिएको काभ्रेका भक्तपुरसँग सिमाना जोडिएका नासिकास्थान साँगा र उग्रतारा जनागाल गाविसमा रहेका तीनवटा फर्मका ३२ हजार कुखुरा २८ साउनमा नष्ट गरिएको छ ।

नासिकास्थान–६ साँगामा रामहरी ढकालले संञ्चालन गरेको नेपाल ह्याचरी व्रिडिङ फार्म प्रालिबाट १८ हजार, भगवान खत्रीको नासिकास्थान साँगा–२ र महेन्द्रज्योती– ४ मा रहेको आशापुरी ह्याचारी उद्योगबाट क्रमशः ९ हजार र ५ हजार गरी ३२ हजार कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यलयका बरिष्ठ पशु चिकित्सक डा. हरिकुमार रघु श्रेष्ठले जानकारी दिए ।

नेपाल ह्याचरीमा रहेका केही कुखुरा मर्न थालेपछि प्रयोगशालामा परिक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो ।

जिल्ला पशु सेवा कार्यलय काभ्रेले बाहिर जिल्लाबाट आयात हुने कुखुरा परिक्षण गरेर मात्र भित्रन दिने बताए पनि लुकीछिपी भक्तपुर लगायतका बाहिरी जिल्लाबाट समेत संक्रमित कुखुरा आयात भइरहेको स्थानीयहरु बताउँछन् ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>