समाचारसोमबार, साउन २८, २०७०
भ्रष्टाचार अभियोगमा टेलिकमका पाँच इन्जिनियर पक्राउ
एयरकन्डिसन र त्यसमा प्रयोग हुने ग्यास खरिदमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । रु पाँच करोड ११ लाख ८८ हजार ६७० रुपैयाँ ९० पैसा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ पर्नेहरूमा नेपाल टेलिकमका इन्जिनियरहरु राजेन्द्र मर्हजन, अनिलकुमार आचार्य, रामनरेशसिंह कुँवर, सहायक इन्जिनियर श्रीकृष्ण भुजेल, भाइकृष्ण मर्हजन र भारतीय कम्पनी आकृति इन्टरनेशनलका महाप्रवन्धक पङ्कजकुमार वान्थिया छन् ।
कम गुणस्तर तथा तथा तोकेकाभन्दा फरक कम्पनीबाट एयरकन्डिसन खरिद गरेको अभियोगमा उनीहरुविरुद्ध २८ साउनमा विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको सापकोटाले उल्लेख गरे ।
