समाचारमंगलबार, साउन २९, २०७०

दार्जिलिंगमा ‘जन कर्फ्यु’, ४ दिन हडताल स्थगित

हिमालखबर

तस्बीर: जागरण

पश्चिम वंगालका मुख्यमन्त्री ममता बनर्जीले २७ साउनमा तीन दिनभित्र आन्दोलन फिर्ता लिन अल्टिमेटम दिएको विरोधमा दार्जिलिंगबासीहरु सडकमा नआई घरभित्रै बसेर ‘जन कर्फ्यू’ लगाएका छन् ।

जन कर्फ्युका कारण दार्जिलिंग सुनसान बनेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । दार्जिलिंगका सडकहरुमा सुरक्षाकर्मीहरुमात्रै देखिएका छन् ।

यसैबीच आन्दोलनरत जनमुक्ति मोर्चासहितका दलहरुले ३१ साउनदेखि चार दिनसम्म बन्द स्थगित गर्ने भएका छन् । बन्दका कारण सर्वसाधारणको जीवन कष्टकर भएको भन्दै बन्द स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>