थप समाचारमंगलबार, साउन २९, २०७०
बाघले बच्चा खायो
अर्घाखाँचीको नुवाकोट–४ सुरसिंग निवासी दुर्गाबहादुर नेपालीका तीन वर्षिय छोरा नारायण नेपालीलाई बाघले खाएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
२८ साउन साँझ सात बजे बालककी आमाले गोठको काम गरिरहेको बेला आँगानमा खेलिरहेका बालकलाई बाघले लतारेर जंगलतर्फ लगेको थियो ।
रातभर स्थानीय बासिनदा र प्रहरीले खोजी गर्दा २९ साउन बिहान घर नजिकैको जंगलमा सबै शरिर खाएको अबस्थामा बालकको शरीरक केही अंगमात्र भेटिएको स्थानीय अशोक श्रेष्ठले जानकारी दिएका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
