समाचारमंगलबार, साउन २९, २०७०
सरीता गिरी अनशनमा
निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोगले बुझाएको प्रतिवेदनमा मधेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र नवढाईएको भन्दै सदभावना अध्यक्ष सरिता गिरी आमरण अनश्नमा बसेकी छन् ।
नेपाल सदभावना पार्टीका प्रवक्ताका अनुसार सरकारले मधेशमा निर्वाचन क्षेत्र बढाउने प्रतिवद्धता नजनाएसम्म गिरीले अनशन जारी राख्ने छन् ।
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, मतदाता नामावली संकलनको म्याद थप्नु पर्नेलगायतका माग गिरीले राखेकी छन् ।
