समाचारमंगलबार, साउन २९, २०७०

चीनमा बर्ड फ्लूबाट पैतालीसको मृत्यु

हिमालखबर

चीनमा बर्ड फ्लूको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

२७ साउनमा मात्र उत्तरी चीनको हेबेई प्रान्तको एक अस्पतालमा उपचार गराइरहेकी ६१ वर्षीया महिलाको बर्ड फ्लूको संक्रमणबाट ज्यान गएपछि उक्त संक्रमणबाट मृत्यु हुनेको ४५ पुगेको बताइएको छ ।

अस्पतालबाट उनलाई बेइजिङको चाओयाङ अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

चीनमा १३४ जनालाई बर्ड फ्लू भाइरसको संक्रमण लागेको पाइएको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले ती मध्ये अधिकांशको उपचार जारी रहेको पनि बताएका छन् ।

बर्ड फ्लू पशुपंक्षीबाट मानिसमा सर्ने गर्दछ । यो संक्रमण मानिसबाट मानिसमा नसर्ने भनिएपनि गत हप्तामात्र यसको संक्रमण मानिसबाटै मानिसमा सरेको पाइएको चिनियाँ बैज्ञानिकहरुले बताएका थिए ।

चिनियाँ अधिकारीहरुले चीनमा हालैका दिनहरुमा यो भाइरसको संक्रमण निकै विस्तार भइरहेको पनि बताएका छन् ।

रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>