समाचारमंगलबार, साउन २९, २०७०

पाँच किलो लागूऔषधसहित दुई महिला पक्राउ

हिमालखबर

काठमाडौंबाट तातोपानी तर्फ जाँदै गरेका तातोपानी–९ बस्ने ५० वर्षीया चुण्डी शेर्पा र ३२ वर्षीया साङ्गु शेर्पालाई प्रहरीले दोलालघाटबाट झण्डै ५ किलो लागु औषध एमफेटामिन ट्याब्लेट सहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई २९ साउनमा सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यलय काभ्रेले ती महिलाहरुले झोला तथा संवेदनशील अंगमा प्लाष्टिकको टेपले बेरेर काठमाण्डौ बाट तोतोपानी लादै गरेको अवस्थामा बा २ ख ६४१८ नंको बसबाट बरामद गरेको जनाएको छ ।

केही रोगहरुमा औषधीको रुपमा पनि प्रयोग हुने एमफेटामिन लागु औषधका रुपमा ब्यापक प्रयोग हुन थालेपछि सरकारले एमफेटामिनको अनधिकृत विक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

जिल्ला प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार, बरामद लागुऔषधको मुल्य करिव १ करोड पर्छ ।

पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेवाट म्याद थप समेत भएको उनले जानकारी दिए ।

नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>