समाचारबुधबार, साउन ३०, २०७०

आज निर्णायक वार्ता

हिमालखबर

उच्चस्तरीय राजनीतिक समितिले ३० साउनमा मोहन वैद्य नेतृत्वको मोर्चा, उपेन्द्र यादव नेतृत्वको मोर्चा र अशोक राईको संघीय समाजवादी पार्टीसँग बेग्ला बेग्लै निर्णायक वार्ता गर्ने भएको नेपाली कांग्रेसका महामन्त्री प्रकशमान सिंहले जानकारी दिएका छन् ।

समितिले विरोधी दलहरुले राखेका मागहरुमध्ये पूरा गर्न सकिने र नसकिने मागहरुको सूचि बनाएर निर्णायक वार्ता गर्ने एमाले नेता रघुजी पन्तले हिमालखबरलाई जानकारी दिए ।

नेता पन्तले निर्वाचन मिति र सरकार विगठन बाहेकका अन्य मागहरुमा लचिलो भएर छलफल गर्ने पनि वताए ।

समितिले तीन बजे नेकपा–माओवादी नेतृत्वको मोर्चासँग र त्यसपछि उपेन्द्र यादव नेतृत्वको मोर्चासँग वार्ता गर्ने जनाएको छ । यादवसँगको वार्तापछि संघीय समाजवादी पार्टींसँग समितिले वार्ता गर्नेछ ।

निर्वाचनको समय नजिक आउँदै गरेकोले छिटै वार्ता गरेर सहमति गर्नुपर्ने भन्दै समितिले साउनभित्रै वार्ता गरी टुंगोमा पुग्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>