थप समाचारबुधबार, साउन ३०, २०७०
उद्यमी मुरारकाको निधन
फोक्सोको रोगबाट पीडित वरिष्ठ उद्योगपति आत्माराम मुरारकाको नर्भिक अस्पतालमा उपचारका क्रममा ३० साउन विहान सवा नौ बजे निधन भएको छ ।
२०३९ सालमा नेपालको पहिलो पेन्ट (रङ) उद्योग पशुपति पेन्ट्स स्थापना गरेका मुरारका सिमेन्ट , खाद्यान्न, ब्याङ्किङलगायत व्यवसायमा सक्रिय थिए ।
मुरारका अर्गनाइजेसनका अध्यक्ष रहेको उनी बि. सं. १९९८ मा सिराहाको लहानमा जन्मिएका थिए । त्यहींबाट व्यावसाय शुरु गर्दै राजधानी लगायत मुलुकका बिभिन्न क्षेत्रमा व्यावसाय विस्तार गर्न सफल मुरारका पछिल्लो समय एनएमबी ब्याङ्कको अध्यक्ष थिए ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । जेठा छोरा पशुपति नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष छन् ।
स्वर्गीय मुरारका नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको पूर्व उपाध्यक्ष तथा सिमेन्ट उद्योग संघ, नेपाल मारवाडी परिषद र नेपाल घ्यू उत्पादक संघको पूर्व अध्यक्ष थिए ।

