समाचारबुधबार, साउन ३०, २०७०
खम्बुवानका नेता पक्राउ
विगतमा सरकारसँगको वार्ता टोलीका संयोजक समेत रहेका खम्बुवान मुक्ति मोर्चाका कोषाध्यक्ष घनश्याम न्यौपानेलाई २९ साउनमा प्रहरीले विराटनगरबाट पक्राउ गरी ३० साउनमा सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मोर्चाका सबै नेता पक्राउ परिसकेकाले खम्बुवानको अस्तित्व सकिएको छ ।
पक्राउ परेका न्यौपानेलाई बिभिन्न मुद्दामा कारवाही अगाडि बढाइएको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।
१४ र १५ पुष २०६८ मा विराटनगर र मोरङको इन्द्रपुरबाट हतियार, विष्फोटक पदार्थ र मोर्चाको कागजातसहित एक जर्दन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
इटहरी निवासी न्यौपानेले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा हुन नसक्ने भएकाले हतियारको राजनीति थालेको बताए । संगठनले पूर्वका २०, २५ स्थानमा बम विष्फोट गराएको बताउंदै न्यौपानेले वार्तापछि शान्तिपुर्ण आन्दोलनमा लागेको र हत्कडी लागेकाले हतियारको राजनीतिको बिकल्प नभएको बताए ।
१७ मंसीर २०६८ मा इटहरीमा खम्बुवानले बम बिष्फोट गराउँदा प्रहरी उपरीक्षक राजु मानन्धर घाइते भएका थिए ।
कमल रिमाल, विराटनगर
