समाचारबुधबार, साउन ३०, २०७०
भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा
तीन साता अघिदेखि भक्तपुरका कुखुरा फर्ममा भएको बर्डफ्लु संक्रमण नियन्त्रणमा आउनु सट्टा बढदै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लालाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
पशु सेवा विभाग, व्यवसायी, राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलले बर्डफ्लू नियन्त्रणका लागि चेकजाँचमा कडाई गर्ने निर्णय गरेको छ ।
पशु सेवा विभागले दुई दिनअघिनै संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरे पनि ब्यवसायीको दबाबमा संकटग्रस्त क्षेत्र घोषणा गर्न ढिलाई भएको हो ।
अहिलेसम्म भक्तपुरका ४७ कुखुरा फर्ममा बर्डफ्लुको संक्रमण फेला परेको छ ।
