समाचारबुधबार, साउन ३०, २०७०
एनआरएन अध्यक्षमा शाहको उम्मेदवारी
गैर आवासीय नेपालीहरुले नेपालमा संस्थागत लगानीका लागि स्थापना गरेको एनआरएन इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेको रामेश्वर शाहले ३० साउनमा राजधानीमा पत्रकार सम्मेलन गरी आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आफूले जितेमा एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन दोहोरो नागरिकता तथा लगानी मैत्री वातावरण विकास र प्रबर्धनमा जोड दिने उनले बताएका छन् ।
त्यससँगै व्यवस्थित वैदेशिक रोजगार र सुरक्षित आप्रवासन, गैर आवासीय नेपाली संघ दर्ता तथा स्थायित्व र संघको संस्थागत विकास आफ्नो प्राथमिकतामा परेको उनले उल्लेख गरे ।
“अग्रजहरुको सानिध्यमा रहि उहाँहरुको कार्यप्रणाली र कटिबद्धताबाट सिकेको ज्ञान र क्षमताबाट सगठनलाई नयाँ उचाइमा पु¥याउन हर सम्भव प्रयास गर्नेछु,” पत्रकार सम्मेलनमा शाहले भने ।
संघको निर्वाचन आगामी असोजमा काठमाडौंमा हुनेछ । यसअघि अष्ट्रेलियास्थित व्यवसायी शेष घले, संघका संस्थापक रामप्रताप थापा, संघका महासचिव तेन्जी शेर्पाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरीसकेका छन् ।
प्रभात भट्टराई
