समाचारबिहीबार, साउन ३१, २०७०

पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको निधन

हिमालखबर

श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो  धापासीस्थित निवासमा राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको आजै  ४ बजे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने भएको छ ।

फोक्सोमा क्यान्सर भएका श्रेष्ठलाई भारतको मेदान्त अस्पतालमा उपचार गराएर २९ साउनमा काठमाडौँ ल्याइएको थियो ।

विसं. १९९७ मा सल्यानको खलङ्गा बजारमा जन्मेका श्रेष्ठ २०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थिए । उनी २०३० सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म प्रधानमन्त्री थिए ।

श्रेष्ठको तीन छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>