समाचारबिहीबार, साउन ३१, २०७०

मिति सारेर निर्वाचन नगराउने षडयन्त्र हुनसक्छः महत

हिमालखबर

कांग्रेस नेता रामशरण महतले नेकपा–माओवादी निर्वाचनमा भाग लिन प्रतिवद्ध भए केही समयका लागि निर्वाचनको मिति सार्न सकिने तर, माओवादीले वर्तमान सरकारको नेतृत्वमा हुने निर्वाचनमा भाग लिनेमा सबैलाई आश्वस्त तुल्याउनु पर्ने बताएका छन् ।

प्रेस युनियन मोरङले ३१ साउनमा विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भने, “वार्ताका नाममा मितिमात्रै सारेर निर्वाचन हुन नदिने काम हुन सक्छ, यसप्रति राजनीतिक दल, सञ्चार जगत र नागरिक समाज सचेत हुनु पर्छ ।”

उनले कसैले निर्वाचन विथोल्छु भन्दैमा नविथोलिने भन्दै जनता निर्वाचनका पक्षमा भएकाले नेकपा–माओवादीको पनि केही सीप नचल्ने बताए । उनले भने, “बैद्यजीले निर्वाचन भाँड्छु भन्दैमा भा“डिदैन, जनता निर्वाचनका पक्षमा छन्”

उनले दैनिक बम पड्किने पाकिस्तानमा निर्वाचन भएर संबिधान बनेको उदाहरण दिदै नेपालमा त्यस्तो अवस्था नरहेकाले चुनाव हुने बताए ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>