थप समाचारबिहीबार, साउन ३१, २०७०
दाङमा त्रियानब्बे हजार निरक्षर
जिल्ला शिक्षा कार्यालयका उपसचिव ऋषिराम ढकालका अनुसार ६६ हजार ६७५ महिला र ३० हजार १८४ पुरुष निरक्षर छन् । जिशिकाले विद्यार्थीको सहयोगमा सङ्कलन गरेको तथ्याङ्कअनुसार नगरपालिकाका क्षेत्रमा सबैभन्दा बढी निरक्षर छन् ।
शिक्षाको पहुँचबाट सबैभन्दा टाढा मानिएको कोइलाबास गाविसमा भने सबैभन्दा कम निरक्षर तथा सबैभन्दा बढी निरक्षर दुई नगरपालिका तथा टरिगाउँ र गोल्टाकुरी गाविसमा रहेको पाइएको जिशिकाले जनाएको छ ।
निरक्षरको तथ्याङ्क सङ्कलन गरेर केही क्षेत्रमा साक्षरता कक्षा सञ्चालन गरिएको तथा केही स्थानमा सङ्कलनको तयारी भइरहेको जनाइएको छ । हाल जिल्लामा छ लाखभन्दा बढी जनसङ्ख्या छ ।
रासस

