समाचारबिहीबार, साउन ३१, २०७०
पूर्वप्रधानमन्त्री श्रेष्ठको अन्त्येष्टिमा नाराबाजी
३१ साउन साँझ पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शवयात्रासहित आर्यघाट पुगेको भीडले नेपाल प्रहरीको टुकडीले सलामी दिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारी सम्मान बहिष्कार गरेको छ ।
उनीहरुले शोक धुन बजाउन पुगेको प्रहरीलाई त्यहाँबाट फर्काउँदा केही बेर प्रहरीसँग ठेलमठेल भएको थियो । उनीहरुले सरकारविरोधी नारासमेत लगाएका थिए ।
प्रहरी त्यहाँबाट फर्केपछि उपस्थित समर्थकहरुले पुरानो राष्ट्रगान ‘श्रीमान गम्भीर…’ गाएर श्रेष्ठलाई अन्तिम विदाई गरेका छन् ।
