समाचारशुक्रबार, साउन ३२, २०७०

मकवानपुरमा पनि बर्डफ्लु

हिमालखबर

हेटौंडा ८, कमाने र ६ चौघडामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको जिल्ला बर्डफ्लु समन्वय समितिले जनाएको छ ।

कमानेका हेमबहादुर गुरुङ्गको हिमाली पोल्ट्री फर्म र चौघडाकी शान्ति राईको घरमा पालेको कुखुरामा समेत बर्डफ्लु भएको पुष्टी भएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रवक्ता डा. चेतनारायण खरेलले जानकारी दिए ।

२७ साउनदेखि धमाधम कुखुरा मर्न थालेपछि गुरुङ्गले परिक्षणका लागि पशु सेवा कार्यालयमा कुखुरा पठाएका थिए । फर्ममा रहेको करिब एक हजार कुखुरा पाँच दिनमै सखाप भएको उनले बताए ।

त्यस्तै, राईले घरमा पालेका ३६ वटा कुखुरा मरेका छन् । कमानेकै दिपक न्यौपानेको करिब छ सय कुखुरा मरेपनि बर्डफ्लु प्रमाणित नभएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु सेवा कार्यालयले कुखुरा परीक्षणका लागि पशु सेवा बिभागको केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो ।

जिल्ला बर्डफ्लु समन्वय समितिको ३१ साउन साँझ बसेको बैठकको निर्णयअनुसार बर्डफ्लु संक्रमण फेला परेको पाँच सय मिटर आसपासका पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट गरिएको छ ।

कुखुरा व्यबसायी संघ मकवानपुरमा अनुसार जिल्लामा करिब एक हजार तीन सय पोल्ट्री व्यबसायीको झण्डै ४० करोड लगानी छ ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>