समाचारशुक्रबार, साउन ३२, २०७०
दार्जिलिङमा ‘घर भित्र जनता’ आन्दोलन
गोर्खा जनमुक्ति मोर्चासहित ९ राजनीतिक दलहरुको कमिटीले ५ दिन ‘गोर्खाल्याण्ड’बासीले घर बाहिर ननिस्किएर सरकारको बिरोध गर्ने जनाएको छ । त्यस्तै कमिटीले ८ र ९ भदौमा राँकेजुलुश निकाल्ने र १० भदौमा दार्जिलिङको सम्पूर्ण पहाडी क्षेत्रका सडकमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
३२ साउनमा दार्जिलिङको जिमखाना हलमा भारतीय गोर्खा परिसंघका अध्यक्ष एनोसदास प्रधानको अध्यक्षतामा बसेको कमिटीको बैठकले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।
यसअघि २९ र ३० साउनमा भएको ‘जन कर्फ्यु’मा पनि दार्जिलिङबासीले घरभित्रै बसेर गोर्खाल्याण्डको मागमा समर्थन जनाएका थिए ।
एक्सन कमिटीमा गोर्खा जनमुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, भाजपा, हिल कांग्रेस, अखिल भारतिय गोर्खा लिग, गोर्खाल्याण्ड टास्क फोर्स, भारतीय गोर्खा परिसंघ लगायतका नौ राजनीतिक तथा सामाजकि संघ संगठन आबद्ध छन् ।
गोपाल गडतौला, झापा

