समाचारशनिबार, भाद्र १, २०७०

सरकार र ३३ दलबीचको अर्को वार्ता २ भदौमा

हिमालखबर

सरकारसँग ३२ साउनमा भएको वार्तामा आन्दोलनरत मोर्चाका नेताहरूले आफ्ना माग पुरा भए संविधानसभाको निर्वाचनमा भाग लिने बताएका हुन । वार्तावपछि सूचना मन्त्री तथा सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले वार्ताले दुवै पक्षबीच विश्वासको वातावरण बनेको र वार्ता सकारात्मक भएको उल्लेख गरे ।
पौडेलका अनुसार २ भदौ मध्यान्ह तीन बजे पुनः वार्ता हुने भएको छ ।

नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले वार्ताले विश्वासको वातावरण तयार पारेको बताए । आफूहरुले राखेको १८ बुँदे मागका बारेमा छलफल भएको र ती माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।

बबरमहलस्थित शान्ति कोषको कार्यालयमा भएको वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री पौडेल र स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा ३३ दलको तर्फबाट माओवादी सचिव गुरुङ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पालगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>