समाचारशनिबार, भाद्र १, २०७०

निर्वाचन विथोल्ने माओवादी नेताको धम्की

हिमालखबर

लमजुङको वेसिशहरमा १ भदौमा आयोजित पत्रकार सम्मेलनमा बौल्दै नेकपा–माओवादीका नेता नेत्रबिक्रम चन्दले आफूहरु संविधान सभाको निर्वाचनमा भाग नलिने पनि प्रष्ट पारेका छन् ।

निर्वाचन वहिष्कार गर्दा राज्यले दमन गर्नसक्ने भन्दै उनले आफूहरुले पनि त्यसैअनुसारको प्रतिरोधी रणनीति बनाएको दाबी गरे ।

“चुनाव विथोल्न हामी जे पनि गर्न तयार छौ, चुनाव जवरजस्ती गरेमा त्यसको परिणाम चार दलले भोग्नु पर्छ,” चन्द भने ।

चार दल र सरकारले मात्रै चाहेर संविधानसभाको निर्वाचन नहुने भन्दै उनले आजको आवश्यकता निर्वाचन नभई आमसहमति भएको पनि दाबी गरे । निर्वाचनले राजनीतिक संक्रमणबाट मुलुकलाई निकास नदिने भन्दै चन्दले निर्वाचनको नाटक गरेर नेपाललाई सिक्कीमीकरण गर्न लागेको आरोप लगाए ।

उनले गोलमेच सम्मेलनमार्फत वर्तमान सरकारलाई हटाएर दलीय नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने जिकिर गरे ।

संघीयता, असमान सन्धि खारेज, नयाँ प्रशासन निमार्ण, नयाँ न्यायालय निर्माण लगायतका १० वुंदाहरुमा कुरा नमिलेको भन्दै उनले यी कुरामा सहमति भए आफूहरु चुनावमा जाने बताएका थिए ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>