थप समाचारशनिबार, भाद्र १, २०७०

तस्वीरसहितको नामावली दर्ता पुनः शुरु

हिमालखबर

निर्वाचन आयोगले असार मसान्तसम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन ७५ वटै जिल्ला निर्वाचन कार्र्यालयमा दर्ता कार्यक्रम शुरु गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिएका छन् । नामावली दर्ता कार्यक्रम ७ भदौसम्म एकहप्ता जारी रहने छ ।

३१ साउनमा बसेको आयोगका पदाधिकारीको बैठकले पुनः मतदाता नामावली सङ्कलन कार्य शुरु गर्ने निर्णय गरेको थियो ।

मतदाता नामावलीमा आफ्नो नाम नभएकाहरूले संविधानसभाको निर्वाचनमा मतदान गर्न तथा उम्मेरदारसमेत हुन पाउने छैनन् । यसअघि तस्बिरसहितको मतदाता नामावलीमा आफ्नो नाम सूचीकृत गरेकाले भने पुनः दर्ता गर्नुपर्ने छैन ।

४ मंसीमा हुने संविधानसभाको निर्वाचनका लागि आयोगले २०७० असार मसान्तसम्म समयसीमा तोकी तस्बिरसहितको मतदाता नामावली सङ्कलन कार्य गरेको थियो ।

उक्त अवधिमा करिब एक करोड २३ लाख नागरिकको तस्वीरसहितको मतदाता नामावली सङ्कलन भएको थियो । सूचीकृत नामावलीमाथि आयोगले अहिले छानबिन गरिरहेको छ । २२ भदौमा अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

पछिल्लो जनगणनामा नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०६ पुगेको छ र यसमा १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ६४ लाख सात हजार २१३ छ ।

सङ्कलित प्रारम्भिक चरणको मतदाता नामावली र मतदान गर्न योग्य मतादाताबीच तुलना गर्दा अझै पनि करिब ४१ लाख ७८ हजार ८९९ मतदान गर्न योग्य मतदाताले आफ्नो नाम दर्ता गराएका छैनन् ।

असार मसान्तसम्म अन्तिम नामावली दर्ताको समयसीमा तोकेको आयोगले राजनीतिक दल, उच्चस्तरीय राजनीतिक संयन्त्र, मतदाता तथा सरोकारवालाको आग्रहमा यो समयावधि थप गरेको हो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>