समाचारआइतबार, भाद्र २, २०७०

कांग्रेसले निर्वाचनको तयारी तिव्र पार्‍यो

हिमालखबर

नेपाली कांग्रेसको १ भदौमा बसेको केन्द्रीय समितिको बैठकले संविधानसभाको निर्वाचनका लागि उम्मेदवारहरुको नामको २९ भदौसम्म सिफारिश गर्न सबै जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ ।

सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले जिल्ला, क्षेत्र, नगर, नगर वडा, गाउँ, गाउँ वडा तथा मतदान केन्द्र समितिहरुका पदाधिकारीहरुको नामावली पनि २० भदौ अगावै केन्द्रमा पेश गर्नका लागि जिल्लालाई निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको उक्त बैठकमा संविधानसभाको निर्वाचनमा चाहिने खर्च जुटाउनका लागि सभापति कोइरालाको संयोजकत्वमा ७ सदस्यीय ‘निर्वाचन कोष निर्माण समिति’ गठन गरेको छ भने घोषणापत्र तयार गर्न उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा १५ सदस्यीय “संविधानसभा निर्वाचन घोषणापत्र तयारी समिति” गठन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>