समाचारआइतबार, भाद्र २, २०७०

आतंकवादी टुण्डा पक्राउपछि नेपालीलाई सकस

हिमालखबर

अनलाइन तस्बीर

सन् १९९३ मा मुम्बईमा भएको विष्फोटलगायतका अभियुक्त ७० वर्षीय अब्दुल करिम टुण्डालाई महेन्द्रनगरको सीमावर्ती भारतीय बजार बनवासाबाट दिल्ली प्रहरीले ३२ साउनमा पक्राउ गरेको छ ।

दिल्ली प्रहरीको विशेष टोलीले पक्राउ गरेका टुण्डा अन्डरवर्ल्ड डन दाउद इब्राहिम,  जैस–ए–मोहम्मद प्रमुख मौलाना मसुद अजहरलगायत जस्तै भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन् ।

सन १९९६ मा टुंडाका विरुद्ध इंटरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । टुंडाको गिरफ्तारीलाई भारतीय सुरक्षा एजेंसिहरुले ठूलो सफलता भनेका छन् ।  सीबीआईले टुण्डामाथि मुंबई, हैदराबाद, दिल्ली, रोहतक र जालंधर में भएका ४३ विस्फोटको अभियुक्त बताएको छ जसमा २० भन्दा बढीको मृत्यु भएको थियो भने ४०० व्यक्ति घाइते भएका थिए ।

उत्तर प्रदेशको गाजियाबाद पिखुआ निवासी टुंडा बम बनाउनमा निपुर्ण र लश्कर-ए-तोइबाको नेटवर्क सञ्चालनमा अहम भूमिका निर्वाह गरेको बताइएको छ ।

नेपालीलाई सकस

सीमा क्षेत्रमा आतङ्कवादी कार्यमा संलग्न व्यक्ति पक्राउ परेपछि भारतीय सुरक्षाकर्मी एसएसबीका जवानले त्यसक्षेत्रमा सुरक्षा निगरानी बढाउँदा सीमा वारपार गर्ने नेपालीहरुले सास्ती पाएका छन् ।

भारतका विभिन्न बजारमा मजदुरी गरी घर फिर्ता हुने र भारततर्फ जाने नेपाली मजदुरलाई भारतीय प्रहरीले कडाइका साथ जाँच गर्ने नाममा दुर्ब्यवहार गरेको र अनावश्यक दुख दिएको सीमा वारपार गर्ने नेपालीहरुले वताएका छन् ।

जाँचका बहानामा बनवासा भन्सारका भारतीय अधिकारीहरुले अवैधरुपमा प्रतिझोला रु ५० तथा बाकस र बोरा बापत १०० देखि ५०० भारतीय रुपैयाँ असुल्न थालेको अलमोडामा मजदुरी गरी फिर्ता भएका अछामका रङ्गे बोहराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>