समाचारसोमबार, भाद्र ३, २०७०

युवासंघको अराजकता नियन्त्रण गरिन्छः खनाल

हिमालखबर

३ भदौमा आफ्नै निवास डल्लुमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष खनालले युवा संघभित्र पछिल्लो समयमा देखिन थालेको गुण्डागर्दी र अराजकतालाई पार्टीले एक ढिक्का भएर नियन्त्रण गर्ने बताएका छन् ।

वर्गीय संगठनहरु पार्टीले दिएको निर्देशन बमोजिम चल्नुपर्ने भन्दै अध्यक्ष खनालले पार्टी निर्देशन नमान्नेहरु कारवाहीको भागीदार बन्ने चेतावनी दिए । केही दिन अघिमात्र अध्यक्ष खनालको निर्देशन विपरित युवासंघका अध्यक्ष महेश बस्नेतले मोरङमा युवासंघको विस्तारित बैठक गरेका थिए ।

रिपोर्टर्स क्लबको अगुवाइमा खनाल निवास पुगेका सञ्चारकर्मीहरुसँग अध्यक्ष खनालले निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँगको वार्ता चाँडै टुंग्याईने भन्दै ४ मंसीरको निर्वाचन मिति र सरकारको नेतृत्व भने कुनै पनि हालतमा परिवर्तन नगरिने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>