थप समाचारसोमबार, भाद्र ३, २०७०

बिहारमा भीडलाई रेलले किच्दा कम्तिमा ३५को मृत्यु

हिमालखबर

फाइल तस्बीर: इण्डियन रेलवे

बिहारका अतिरिक्त पुलिस महानिर्देशकले  बिहारको सहर्ष जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा पनि ३५ जनाको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ ।  भारतीय रेलसेवाका प्रवक्ताका  अनुसार बाटो काट्दै गरेका हिन्दु तिर्थालूहरु रेलले किचिएर मारिएका हुन् ।

बाटो नकाट्न सूचना दिने रातो बत्ती बलेको भएपनि स्थानीय मन्दिरमा जान लागेका यात्रुले त्यसलाई ख्यालै नगरी बाटो काट्दै गरेको प्रवक्ताले वताए पनि यात्रुका आफन्तले रातो वत्ती नबलेको र हर्न पनि नबजेको दाबी गरेका छन् ।

बाटो काट्नेहरुको ठूलो भीडका कारण रेल दुर्घटना भएकोले मृत्यु हुनेको सङ्ख्या अरु बढ्न सक्ने पनि प्रवक्ता प्रभाकरले जनाएका छन् ।

भारतका विभिन्न राज्यमा सेवा दिइरहेको राज्य रानी एक्सप्रेस नामको उक्त रेलमाथि आक्रोषित भीडले  रेलका कतिपय डब्बामा आगो लगाएका छन् ।

प्रदर्शनकारीहरुले बिहारका विभिन्न स्थानमा रहेका सो रेलका स्टेशनहरुमा पनि आक्रमण थालेको जनाइएको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>