समाचारमंगलबार, भाद्र ४, २०७०
आवेगमा काम गर्दा भुल भयोः दाहाल
४ भदौमा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाओवादी अध्यक्ष दाहालले पहिलो संविधानसभा निर्वाचनमा ठूलो पार्टी भएर आएपछि आफूमा अहंकार जागेको र सहमतीय र बहुमतीय रस्साकस्सीका कारण पनी ठूलो भूल भएको स्वीकारेका छन् ।
दाहालले भने, “विवेकबाट भन्दा आवेगमा काम गर्न खोज्दा ठूल्ठूला कमजोरी र गल्ती भएको छ ।”
आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रुपमा लिनुपर्ने भन्दै दाहालले नेकपा–माओवादी निर्वाचनमा सहभागी नहुँदा निर्वाचन रोकिनुपर्ने कुनै कारण नभएको बताए । उनले जनता, सरकार, आयोग र प्रमुख दल निर्वाचनको पक्षमा भएकाले यसप्रति शङ्का नगर्न आग्रह गरेका थिए ।
कार्यक्रममा पत्रकार श्याम श्रेष्ठले नेपालका राजनीतिक दल क्रान्ति गर्न सक्ने तर त्यसको व्यवस्थापन गर्न नसक्ने भएका कारण विगतमा ठूलठूला भूल भएको धारणा व्यक्त गरे ।
प्राध्यापक कृष्ण खनालले नेता दाहालमा लचकता भए पनि दृढताको अभाव देखिएको बताएका थिए ।
