थप समाचारबिहीबार, भाद्र ६, २०७०

सिरियामा रासायनिक हतियार आक्रमणमा सयौंको मृत्यु, राष्ट्रसंघद्वारा निष्पक्ष छानविनको माग

हिमालखबर

तस्बीर: रोयटर्स

संयुक्त राष्ट्र सुरक्षा परिषदको बुधबार बसेको आपतकालिन बैठकमा सिरियामा भएको रासायनिक हतियार प्रयोगबारे निष्पक्ष छानविन गर्नुपर्ने निर्णय गरेको छ ।

सिरियाली विपक्षी र अधिकारकर्मीहरुले सेनाले आन्दोलनकारीहरुमाथि रासायनिक हथियारले आक्रमण गरी सयौं व्यक्ति मारिएको बताएका छन् भने सरकारले उक्त दाबीलाई अस्वीकार गर्दै आएको छ ।

विपक्षीका अनुसार बुधबार विहान राजधानी दमास्कसको घाउटा क्षेत्रमा सेनाले घातक रसायनयुक्त रकेट प्रहार गरेपछि ६५० को ज्यान गएको छ ।

यसैबीच अमेरिका, बेलायत र फ्रान्स समेत ३५ देशहरुले संयुक्त पत्रमा हस्ताक्षर गर्दै संयुक्त राष्ट्रसंघीय निरीक्षकहरुबाटै घटनाको जाँचका लागि माग गरेका छन् ।

संयुक्त राष्ट्र संघ निरीक्षकको एउटा टोलीले यसअघि भएका भनिएका रासायनिक हथियार प्रयोगबारे गत आइतबारदेखि त्यहाँ छानविन गरिरहेको छ ।

सिरियाली प्रमुख विपक्षी गठबन्धन ‘नेशनल कोलिशन’ ले सेनाले त्यहाँ रासायनिक हतियारको प्रयोग गरी सामूहिक नरसंहार गरेको बताएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार राष्ट्रपति बशर अल असदविरुद्ध सिरियामा दुई वर्षदेखि भएको प्रदर्शनमा एक लाखभन्दा बढी मृत्यु भएको छ ।

अमेरिकाले रासायनिक हतियार आक्रमणको खबरले ऊ चिन्तित भएको बताएको छ भने सिरियाको समर्थक भनिने रुसले यो हमला उल्टो विपक्षले गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार रासायनिक हतियारको आक्रमणले बुधबार सिरियामा ठूलो संख्यामा मानिसहरु मारिएको प्रमाणित भएपछि अमेरिकी राष्ट्रपतिलाई सिरियामा हस्तक्षेप गर्न दबाब बढ्नेछ ।

सीरियामा सन् २०११ मा विद्रोह शुरू भएदेखि हालसम्म २० लाख नागरिक देश छोडिसकेका छन् । जसमध्ये एक लाख ५० हजारले इराकमा शरणार्थी जीवन विताइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>