समाचारबिहीबार, भाद्र ६, २०७०
अनसनरत गिरीद्वारा स्वास्थ्य परीक्षण गर्न अस्विकार
सरकारले वार्ता प्रक्रिया शुरु नगरेको भन्दै ६ भदौमा अध्यक्ष गिरीले चिकित्सक टोलीलाई फिर्ता पठाएको सद्भावनाका प्रवक्ता गोविन्द साहले जानकारी दिए । मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गनुपर्ने लगायतका तीन बुँदे माग राखेर गिरी रत्नपार्कस्थित शान्तिवाटिकमा अनश्चितकालिन अनसन बसेकी छन् ।
यसैबीच अधिकारकर्मीहरू कृष्ण पहाडी, सुवोध प्याकुरेल, कनकमणि दीक्षित, भोजराज पोखरेल, निर्मला शर्मा, वीरेन्द्र मिश्र, दीपेन्द्र झा, मोहन सिंलगायतलाई रत्नपार्क पुगेर अनसनप्रति चासो देखाएको भन्दै प्रवक्ता साहले विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेका छन् ।
