थप समाचारबिहीबार, भाद्र ६, २०७०
दिवंगत पत्रकार लिम्बुको नाममा अक्षयकोष
दि गोर्खाज साप्ताहिकका कार्यकारी सम्पादक तथा लिम्बु पत्रकार संघका अध्यक्ष लिम्बुको नाममा संघले ६ भदौमा अक्षयकोष घोषणा गरेको हो । अक्षयकोषबाट रु. पाँच लाख लिम्बुकी ११ महिनाकी छोरी निछाम फागो चोङबाङको शिक्षामा खर्च गरिने संघले जनाएको छ । रत्नराज्य क्याम्पसबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्दै गरेका लिम्बुको ह्रदयघातबाट निधन भएको थियो ।
राजधानीमा आयोजित कार्यक्रममा सहप्राध्यापक बालकृष्ण माबुहाङ, विश्लेषक महेन्द्र लावती, आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङलगायतले अक्षयकोष स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
