थप समाचारशुक्रबार, भाद्र ७, २०७०

दोलखामा आमा छोराको हत्या

हिमालखबर

दोलखामा आमाछोराको हत्यापछि घटनास्थलमा छिमेकीहरुको भीड ।

सिन्धुपाल्चोक जिल्ला टोकनपुर घर भई दोलखाको बोच–१ चरङ्गे माइतीघरमा होटल व्यवसाय गर्दै आएका ४२ वर्षीया राधिका श्रेष्ठ र उनका १२ वर्षीय छोरा सन्देश श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेका अनुसार राधिकाको टाउकोमा चोट देखिएको छ भने सन्देशको घाटीमा चोट छ । हत्या कसरी भएको हो भन्ने पोष्टपार्ट पछिमात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

७ भदौ विहान ६ बजे दुध ल्याउने बालिकाले राधिकालाइ भुईमा लडेको अवस्थामा देखेपछि स्थानीयलाई खवर गरेकी थिइन् ।

हत्या कसले गर्‍यो भन्नेबारेमा थाहा नलागेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
७ बर्ष अघि मलेसियामा रोजगारीका लागि गएका राधिकाको श्रीमानको उतै मृत्यु भएपछि उनले चरंगेमा होटेल ब्यवसाय गर्दै आएकी थिइन् ।

स्थानीय अर्का होटल व्यवसायी सानुमैया श्रेष्ठका अनुसार राति करिब ७ बजे तिर मृतक राधिकाको होटलमा तीन जना केटाहरु बसेर खादै थिए । उनीहरुको बारेमा जान्न खोज्दा काठमाडौँ घर भनेको सानुमैयाले बताईन ।

घट्ना बारे अन्य छिमेकी होटल व्यवसायीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।
सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>