समाचारशनिबार, भाद्र ८, २०७०
वार्ताको वातावरण बनाउन ३३ दलको आग्रह
समितिसँगको वार्ता असफल भएपछि ८ भदौमा बुद्धनगरस्थित माओवादी केन्द्रीय कार्यालयमा बसेको ३३ दलीय मोर्चाको बैठकले वार्ताबारे पुनर्विचार गर्न आग्रह गरेको हो । मोर्चाको निर्णय सुनाउँदै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, “सहमतिको विकल्प नभएकाले वार्तामा जान खोजेका हौं । कुरा नमिले सशक्त आन्दोलन गर्छौं ।”
पाँच दलका नेताहरू सम्मिलित समिति गोलमेच सम्मेलन गर्ने निर्णय प्रक्रियाबाट पछि हट्नुमा बाहिरी शक्तिको चलखेल हुन सक्ने मोर्चाको ठहर रहेको पनि भुसालले जानकारी दिइन् ।
कार्यक्रममा माओवादी अध्यक्ष मोहन वैद्यले प्रमुख दलहरूको निर्णयबाट आफूहरू आश्चार्य चकित भएको बताए । उनले भने, “वार्ता विरोधी को रहेछ भन्ने प्रमाणित भएको छ । यद्यपि लचक भएर वार्ताको वातावरण बनाउन आग्रह गर्दछु ।” सरकारसँगको वार्ता अघि बढ्ने वा रोकिने भन्ने विषय भने सरकारकै व्यवहारमा निर्भर रहेको वैद्यको भनाई थियो ।
