समाचारआइतबार, भाद्र ९, २०७०
चुनाव रोक्ने गरी वार्ता हुँदैनः मन्त्री मल्लिक
काभ्रको बनेपामा आयोजित कार्यक्रममा बोल्दै मन्त्रि विद्याधर मल्लिकले चुनाव रोकेर वार्ता र सहमति नहुने स्पष्ट पारेका छन् ।
८ भदौमा आयोजित कृषि तालिम कार्यक्रममा उनले नेकपा–माओवादी लगायतका दलहरुले बहिस्कार गर्दैमा निर्वाचन नविथोलिने भन्दै सहमतिमा आउन आग्रह गरे ।
राजनीतिक माग सम्बोधन गर्न सरकार तयार हुँदाहुदै पनि निर्वाचन नआउनु दुर्भाग्य भएको मल्लिकले बताए ।
नगेन्द्र अधिकारी, काभ्रे
