थप समाचारआइतबार, भाद्र ९, २०७०

नाच्नुस, पढ्नुस्, स्वस्थ रहनुस

BBC

स्कटल्याण्डमा भएको एउटा नयाँ शोधले नाच्ने, नाटक हेर्ने र मन लागेका पुस्तकहरु पढ्ने स्कटिसहरु त्यसो नगर्नेहरु भन्दा स्वस्थ र जीवनप्रति संतुष्ट भएको पाइएको छ ।

‘ इम्प्याक्ट अफ कल्चरल इंगेजमेंट एण्ड स्पोर्टस पार्टिसिपेशन अन हेल्थ एण्ड स्याटिसफेक्शन विथ लाइफ इन स्कटल्याण्ड २०१३’ नामक यो शोधका अनुसार सांस्कृतिक कार्यहरुमा सहभागी हुने सबैलाई एक समान लाभ हुने गर्छ ।

यसमा उमेर, शिक्षा, आर्थिक स्थितिजस्ता सामाजिक विभाजनले कुनै फरक नपार्ने शोध रिपोर्टमा उल्लेख गरिएको छ ।
सरकारी सहायतामा भएको यो शोधका लागि २०११ को स्कटिश हाउसहोल्ड सर्वेलाई आधार बनाइएको छ ।

प्रत्येक वर्ष हुने स्कटिश हाउसहोल्ड सर्वेले राष्ट्रीय र स्थानीय स्तरमा सामुदायिक संरचना, प्रवृत्ति र व्यवहारका प्रतिनिधि तथ्याङ्क उपलब्ध गराउँदछ ।

सर्वेक्षणका केही मुख्य नतिजा
१. पछिल्लो एक वर्षमा कुनै सांस्कृतिक स्थल या कार्यक्रममा सहभागी हुनेहरुको स्वास्थ्य यसो नगर्नेहरु भन्दा ५०
प्रतिशत राम्रो रह्यो ।
२. जसले पछिल्लो एक वर्षमा कुनै सृजनात्मक गतिविधिमा भाग लिए उनीहरुको स्वास्थ्य यसो नगर्नेहरुको तुलनामा
३९ प्रतिशत राम्रो पाइयो ।

३. पुस्तकालय र संग्रहालयमा पछिल्लो एक वर्षमा पुगेकाहरुको स्वास्थ्य त्यहाँ नजानेहरुको तुलनामा २० प्रतिशतले
राम्रो रहेको सर्वेक्षणले देखाएको छ ।

४. नाटक हेर्नेहरुको स्वास्थ्य नहेर्नेहरुको भन्दा २५ प्रतिशत राम्रो भएको पाइयो ।

५. नाच्नेहरु ननाच्नेहरुको तुलनामा ६२ प्रतिशत बढी स्वस्थ देखिए ।

६. मन लागेका किताव पढ्नेहरुको स्वास्थ्य नपढ्नेहरुको तुलनामा ३३ प्रतिशत राम्रो भएको सर्वेक्षणले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>