समाचारआइतबार, भाद्र ९, २०७०
निर्वाचन मिति सार्न असम्भवः कोइराला
४ मंसीरका लागि घोषित संविधानसभा निर्वाचनको मिति सार्न असम्भव रहेको भन्दै कांग्रेस सभापति कोइरालाले सरकार, दल र निर्वाचन आयोगको निर्वाचन सम्बन्धी तयारी अन्तिम अवस्थामा पुगिसकेकोले अब मिति सार्न असम्भव रहेको बताएका छन् ।
९ भदौमा चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कोइरालाले सरकार र निर्वाचन मिति परिवर्तन गर्न नसकिने स्पष्ट पार्दै अन्य विषयमा सहमति गरी निर्वाचनमा सहभागी हुन नेकपा–माओवादीलाई आग्रह गरे । उनले भने, “अझै पनि केही समय छ, गम्भीर भएर होमवर्क गर्नुस र देशका लागि निर्वाचनमा सहभागी हुनुस् ।”
४ मंसीरमा निर्वाचन नभए देश दुर्घटनामा फस्ने चतावनी दिदै सबै दलहरु निर्वाचनमा आउनुपर्ने कोइरालाको भनाई थियो ।
