थप समाचारआइतबार, भाद्र ९, २०७०

‘निर्वाचनमा गएर जनताबाट अनुमोदन लेऊ’

हिमालखबर

निर्वाचन आयोगले समेत आफ्नो कार्यतालिकाअनुरुप कार्यसम्पादन गरिहेको छ । पछिल्लो समय आयोगले मतदाता नामावलीका लागि समय थप गरेकामा झन्डै एक लाख ६० हजार मतदाता थपिएका छन् । मतदाता दर्तामा देखिएको भिडले पनि समेत निर्वाचनको आवश्यकताको सान्दर्भिकता बढाएको छ ।

यद्यपि नेकपा–माओवादी नेतृत्वको मोर्चासँग पछिल्लो पटक भएको वार्ता असफल भए पनि निर्वाचनको विकल्प नभएकाले मुलुक र जनताप्रति जिम्मेवार भएर अन्ततः निर्वाचनमा सहभागी हुने अपेक्षा भने जनमानसमा उत्तिकै छ ।

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्नेमा अझै द्विविधाजस्तो देखिए पनि पछिल्लो समय हुन्छ भन्ने आशा पलाएकाले वातावरण निर्वाचतर्फ नै उन्मुख भएको बताउँछन् ।

“नेकपा–माओवादीले उठाएका कुरामा कहीँ कतै छलफलको प्रयास जारी राख्नुपर्छ, वास्तविकतालाई ध्यान दिएर सबै कुरा छलफलबाट टुङ्ग्याउनुपर्छ तर त्यो भइरहेको छैन यो दुर्भाग्य हो, निर्वाचनमा भने जानुपर्छ”– नेता यादवले भने ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले मुलुक निर्वाचनको बाटोमा अघि बढिरहेकोले तोकिएको मितिमा निर्वाचन हुन्छ भन्नेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिए । “निर्वाचन जनता, राष्ट्र र दलहरुका निम्ति भएकाले निर्वाचनमा सबै दलले भाग लिँदा राम्रो हुन्छ, त्यसैले कसैले आफू यति दलको मोर्चा भनेर दम्भ गर्नाको साटो निर्वाचनमा गएर जनताबाट अनुमोदन हुनु उत्तम हो”– श्रेष्ठ भन्छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएनका अध्यक्ष यदुनाथ खनालले अहिलेको राजनीतिक घटनाक्रमले केही द्विविधा देखिए पनि निर्वाचन हुनेमा विश्वस्त रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीकी नेत्री लीला न्याइँच्याईंले संवैधानिक र राजनीतिक जटिलताको समाधानका लागि निर्वाचनबाहेक सजिलो बाटो अरू नदेखिएको बताइन् । “तर अझै वातावरण बनाउन आवश्यक छ, राजनीतिक दलले निर्वाचनको पक्षमा जति जोड दिनुपर्ने हो त्यो हुन नसकेकाले अलमल भने छ तथापि निर्वाचन हुनैपर्छ”–नेता न्याइँच्याइँ भन्छिन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>