थप समाचारआइतबार, भाद्र ९, २०७०

सुपौली घटनाका योजनाकार पक्राउ

हिमालखबर

पर्साको सुपौली–९ की पावर्ती देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी हत्या गरिएको घटनाका योजनाकार मानिने खाँलाई प्रहरीले सीमावर्ती भारतीय गाउँ गौना थानाबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।

गत ३१ साउनमा पावर्तीलाई बोक्सीको आरोपमा कुटपिट गर्दा उनको मृत्यु भएपछि खाँ फरार रहँदै आएका थिए । उनी गौनाहामा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

कत्र्तव्य ज्यान मुद्दामा पक्राउ परेका अभियुक्त खाँलाई आवश्यक अनुसन्धानका लागि जिप्रका पर्सामा राखिएको छ । पावर्ती हत्या काण्डमा हालसम्म प्रहरीले तीन महिला र खाँ समेत गरी चार पुरुषलाई पक्राउ गरेको छ ।

घटनाका मुख्य अभियुक्त जगदीश चौधरी भने हालसम्म फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>