थप समाचारसोमबार, भाद्र १०, २०७०
२५ वर्षमा तयार भयो हिंदु विश्वकोष
२५ वर्षको एकेडेमिक प्रयासपछि तयार भएको ११ खण्डको यो कोशमा हिंदू आध्यात्मिक मतहरु, परम्परा र दर्शनको विस्तृत वर्णन छ । स्वामी चिदानन्दद्वारा स्थापित इण्डियन हेरिटेज रिसर्च फाउण्डेशनले यो विश्वकोषको निर्माण गरेको हो ।
अंग्रेजी भाषामा लेखिएको कोषमा ११ खण्डमा छ जसका लागि एकहजार शोधकर्ताहरुले मेहनत गरेका थिए । मण्डाला प्रकाशनले प्रकाशन गरेको यो कोषमा हिंदुवाद र यसको अनुशीलनसँग सम्बन्धित करीब ७००० लेख छन् । पूर्वीय इतिहास, भाषा, कला, संगीत नृत्य, वास्तुकला, औषधी र महिलाहरुको मुद्दाको विस्तारमा चर्चा गरिएको छ । सम्पूर्ण इन्साइक्लोपीडियामा एक हजारभन्दा धेरै चित्र छन् । तस्बीरसँगै देवताहरुको रुप र शक्तिको वर्णन पनि गरिएको छ ।
यो परियोजनामा सहभागी साउथ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक हल फ्रेन्चका अनुसार कोषमा हिंदुवादका बारेमा मात्र नभई पूरै दक्षिण एसियाली परम्पराका बारेमा विस्तारमा उल्लेख भएको बताउँछन् । फ्रेंच भन्छन, “यो शोध ‘माइल स्टोन हो जस्ले पूर्वी र पाश्चात्य पाण्डित्यलाई एकै साथ ल्याएको छ ।”
पहिलो संस्करणमा करीब तीन हजार प्रति प्रकाशित हुने बताइएको छ । हिंदु धर्म मान्नेहरुको संख्या विश्वमा तेस्रो स्थानमा पर्छ । विश्वमा करिब एक अर्व हिंदू धर्मावलम्बी भएको अनुमान छ ।
विश्वकोषकी प्रवन्ध सम्पादक एवम् इण्डियन हेरिटेज रिसर्च फाउण्डेशनकी सचिव साध्वी सरस्वती भन्छिन, विश्वका विभिन्न भागमा रहेका हिन्दु आफ्ना बालबालिकालागि धर्मका बारेको विस्तारमा पूर्ण जानकारीको स्रोत चाहन्थे, उनीहरुका लागि यो निकै उपयोगि सावित हुनेछ ।”
स्रोत: विभिन्न सञ्चारमाध्यम
